प्रदेश एकमा मन्त्रिपरिषद् विस्तार, ओली समूहभित्रै विवाद (भिडियो रिपोर्टसहित)
१३ चैत २०७७ विराटनगर । प्रदेश एकमा मन्त्रिपरिषद विस्तारलाई लिएर सत्तारुढ एमालेको ओली समूहभित्रै विवाद देखिएको छ ।
विवादकै कारण सरकारकै प्रभावशाली मन्त्री हिक्मत कार्कीले नवनियुक्त मन्त्रीको सपथ कार्यक्रम बहिष्कार गर्नुभएको छ । कार्कीले मन्त्रीमण्डल पुनर्गठन हुँदा आर्थिक मामिला मन्त्रालय दाबी गरे पनि मुख्यमन्त्री शेरधन राईले विश्वास नगरेपछि असन्तुष्ट बन्नुभएको छ ।
त्यसकै प्रतिक्रियामा उहाँले सपथ समारोह बहिष्कार गर्नुभएको बताइएको छ । यस्तै उहाँले सांसद विमल कार्कीलाई मन्त्री बनाउन चाहनु भएको थियो ।
मुख्यमन्त्री राईले त्यो पनि नस्वीकारेपछि मन्त्री कार्की आक्रोशित बन्नुभएको छ । मन्त्री कार्कीले दाबी गरेको आर्थिक मामिला मन्त्रालय हालै माओवादीबाट एमाले प्रवेश गरेका टंक आङबुहाङले पाउनु भएको छ ।
उहाँलाई माओवादी छोडाउन पहिले नै आर्थिक मामिला मन्त्रालय दिने सहमति गरिएको बताइएको छ । तर यो घटनाले एमाले ओली समूहमै विवाद सिर्जना गरेको छ ।
प्रतिक्रिया