राजनीति

कांग्रेस सरकारमा जाँदैन, अविश्वास प्रस्ताव पनि ल्याउँदैन: देउवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १० गते २०:३७
कांग्रेस सरकारमा जाँदैन, अविश्वास प्रस्ताव पनि ल्याउँदैन:  देउवा (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं ।, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा पनि नजाने र अविश्वास प्रस्ताव पनि नलैजाने बताउनुभएको छ । नयाँ सत्ता समिकरणको प्रयास भइरहेको चर्चा भइरहँदा कांग्रेस सभापति देउवाको यस्तो भनाइ सार्वजनिक भएको हो ।

पार्टीका नेता स्वर्गिय अशोक कोइरालाको परिवार भेटन आज विराटनगर पुगेका सभापति देउवाले विमानस्थलमा संचारकर्मीसँग सत्ता समिकरणबारे धारणा पनि सुनाउनुभयो ।

विराटनगर विमानस्थलमा पत्रकारहरुले सभापति देउवालाई कांग्रेस सरकारमा कहिले जान्छ रु’ भन्दै प्रश्न गरे । पत्रकारको पहिलो प्रश्नमा देउवाले कांग्रेस विपक्षी पार्टी हो, तत्काल सरकारमा जाँदैन भन्ने जवाफ दिनुभयो ।

त्यसलगतै पत्रकारले अहिलेकै सरकारलाई समर्थन गरेर जाने अवस्था हो भन्दै प्रश्न सोधेपछि देउवा रिसाउनुभयो । अनि झोक्किदै भन्नुभयो– हत्तेरिका ! विपक्षी पार्टी विपक्षमा हो, विपक्षी पार्टी विपक्षी पार्टी ! जानुहोस् ।’

खासगरी कांग्रेस विपक्षमा बस्छ भनेपछि के यही सरकारको निरन्तरता चाहेको हो भन्ने प्रश्न आएपछि देउवा रिसाउनुभयो । त्यसअघि पत्रकारले सरकारविरुद्ध संसद्माा अविश्वासको प्रस्ताव कहिले लैजान्छ ?’ भन्दै प्रश्न सोधे।त्यसमा पनि देउवाले कांग्रेससँग छलफल नभएको भन्दै अरुले नै अविश्वास प्रस्ताव लैजाने भनेर पन्छनुभयो ।

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै साथ दिने चर्चा चलिरहेका बेला विराटनगरबाट देउवाको स्पष्ट सन्देश आएको छ – कांग्रेस सरकारमा नजाने र अविश्वासको प्रस्ताव पनि नल्याउने ।

देउवाको यो सन्देश प्रधानमन्त्री ओलीलाई सहज र ओलीलाई हटाउन चाहने, माओवादी केन्द्र, एमाले भित्रकै एउटा खेमा, जसपा र कांग्रेस भित्रकै अर्को समूहलाई असहज छ ।तर देउवाको प्रधानमन्त्रीसँगको सम्बन्ध र भूमिकामाथि थप प्रश्न पार्टी भित्र र बाहिरबाट उठ्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्