Main News

चालीस वर्ष जेल बसेका दुर्गाप्रसादलाई क्षतिपुर्ति दिन कोलकाता उच्च अदालतको आदेश

हिमालय टिभी
२०७७ चैत ९ गते १९:२४
चालीस वर्ष जेल बसेका दुर्गाप्रसादलाई क्षतिपुर्ति दिन कोलकाता उच्च अदालतको आदेश

९ चैत २०७७ काठमाडौं । भारतको कोलकाता उच्च अदालतले सुनुवाइबिनै ४० वर्षसम्म जेलमा बस्न बाध्य पारिएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

कोलकाताको उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले आज दुर्गा प्रसादका परिवारबाट माग भए कानून अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको दुर्गाप्रसादको न्यायका लागि लडिरहेका अधिवक्ता हिरक सिन्हाले जानकारी दिनुभएको छ ।

उहाँले अदालतको आदेशपछि दुर्गाप्रसादले क्षतिपूर्ति पाउने बाटो खुलेको समेत बताउनुभयो । सिन्हाका अनुसार अदालतले कोलकाता सेन्ट्रल जेलमा रहेका दिमागी हालत बिग्रिएका बिरामी कैदीहरुको सत्यतथ्यसहित एक रिपोर्ट बुझाउन समेत जेल प्रशासनलाई आदेश गरेको छ ।

अदालतले यही २५ तारिखभित्र रिपोर्ट बुझाउन भनेको सिन्हाले जानकारी दिनुभयो । ४० वर्ष जेल बसेका दुर्गाप्रसाद हिजो इलामको माइ नगरपालिका १० लुम्बाकस्थित घर फर्फनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *