Main News

बैंकिङ् कसूर मुद्दामा फरार लामा पक्राउ

हिमालय टिभी
२०७७ चैत ९ गते १५:१२
बैंकिङ् कसूर मुद्दामा फरार लामा पक्राउ

९ चैत २०७७ काठमाडौं । बैंकिङ् कसूर मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका –१५ नखिपोट बस्ने ४१ वर्षीय पूर्ण लामालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा बुझाएको हो ।

उच्च अदालत पाटनले लामालाई गत मंसिर ७ गते १५ दिन कैद र बीस लाख रूपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

लामाले दुर्गामान मोक्तानले संचालन गरेको लेजर इन्फोटेक नेपाल प्रालिलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको चेक र्दिएर ठगी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *