Main News

सुनुवाइबिनै ४० वर्ष भारतीय जेल बसेका इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त

हिमालय टिभी
२०७७ चैत ७ गते १५:२३
सुनुवाइबिनै ४० वर्ष भारतीय जेल बसेका इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त

७ चैत २०७७ काठमाडौं । सुनुवाइ विनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना आज थुनामुक्त हुनु भएको छ ।

कोलकाताको दमदम केन्द्रीय कारागारमा दाजु प्रकाशचन्द्र तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद रिहा हुनुभएको हो ।

उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ दुर्गाप्रसादलाई छाड्न आदेश दिएको थियो ।

अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो ।

हिजै रिहा हुने भनिए पनि कानुनी प्रक्रिया पूरा नहुँदा एक दिन ढिलो गरी दुर्गाप्रसाद आज छुट्नु भएको हो । अदालतले प्रत्येक ६–६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने पनि भनेको छ । अदालतले क्षतिपूर्तिबारे केही बोलेको छैन ।

हत्या आरोपमा दार्जलिङबाट पक्राउ परेका दुर्गाप्रसाद कुनै सुनुवाइबिनै ४० वर्षसम्म भारतका विभिन्न जेलमा बस्नुभएको थियो । यो घटनापछि भारतीय न्याय प्रक्रियाको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *