Main News
महान्यायाधिवक्तामा बडाल सिफारिश
२०७७ चैत ६ गते १६:४६
६ चैत २०७७ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गर्नुभएको छ ।
उहाँको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै राजीनामा दिनुभएको थियो ।
आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् ।
बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो । राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त गरेपछि बडालले कार्यभार सम्हाल्नु हुनेछ ।
प्रतिक्रिया