Main News
बानेश्वरमा नेपाल समूहको छुट्टै भेला
२०७७ चैत २ गते १७:३२

२ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटे लगत्तै नेकपा एमालेको नेपाल खनाल समूहको छुट्टै बैठक बसेको छ ।
बानेश्वरस्थित एक होटलमा जारी बैठकमा खनाल नेपाल समूहका केन्द्रीय सदस्य र सांसद सहभागी छन् ।
ओली समूहसँग भएको छलफलबारे जानकारी दिन र पर्सी गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन् ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले आज ओली समूहसँग भएको छलफलबारे ब्रिफिङ गरिरहनुभएको छ ।
प्रतिक्रिया