Main News

आज देशका विभिन्न भागमा मौसम बदली हुने

हिमालय टिभी
२०७७ चैत १ गते ९:००
आज देशका विभिन्न भागमा मौसम बदली हुने

१ चैत २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा मौसम बदली हुने जनाएको छ ।

महाशाखाका अनुसार आज तीन वटा प्रदेशका पहाडी भेगमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आज बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै साँझपख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

यस्तै महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको पनि उल्लेख गरेको छ । आज दिउँसो पनि बागमती प्रदेश र प्रदेश नम्बर १ का पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यसबाहेकका पहाडी स्थानमा आंशिकदेखि सामान्यसम्म बदली र देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *