Main News

नेपालमा अहिलेसम्म १५ लाख बढीले कोरोनाविरुद्धको खोप लगाए

हिमालय टिभी
२०७७ चैत १ गते ७:३४
नेपालमा अहिलेसम्म १५ लाख बढीले कोरोनाविरुद्धको खोप लगाए

१ चैत २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोप अभियान शुरु भएपछिको डेढ महिनामा १५ लाखभन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन् ।

सरकारले ल्याएको २३ लाख ४६ हजार डोज खोपमध्ये अहिलेसम्म १५ लाखले खोप सेवा लिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको सेरम कम्पनीबाट खरिद गरेकोबाट १० लाख, भारतले अनुदानमा दिएको १० लाख र कोभ्याक्सबाट अनुदानमा पाएको तीन लाख ४६ हजार गरी सरकारले २३ लाख ४६ हजार डोज जुटाएको थियो ।

अब सरकारसँग आठ लाख ४६ हजार डोज खोप मौज्दात छ । सेरमले अझै १० लाख खोप दिन बाँकी छ । त्यसबापत तिर्नुपर्ने ५० करोड रुपैयाँ सरकारले भुक्तानी गरिसकेको छ । रकम लिएर पनि सेरमले समयमा आपूर्ति नगर्दा खोप अभियान पनि प्रभावित भएको छ ।

सहरी क्षेत्रमा अझै केही दिन खोप अभियान चल्नेछ । तर, खोप नहुँदा दुर्गम जिल्लाहरूमा अभियान रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुगु, कालिकोट, पर्वतलगायत जिल्लामा खोप अभावले अभियान रोकिएको छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू कोभ्याक्स सुविधाले धोका दिएका कारण पनि खोप अभियान प्रभावित भएको बताउँछन् । कोभ्याक्स सुविधाले कुल जनसंख्याको २० प्रतिशत अर्थात् झन्डै एक करोड ३० लाख डोज दिने प्रतिबद्धता गरेको थियो ।

पहिलो चरणमा भने २२ लाख ४६ हजार डोज दिन सूची सार्वजनिक गरे पनि जम्मा तीन लाख ४६ हजार खोप मात्रै उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *