Main News

चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीश सिफारिस, उच्च अदालतमा १८ न्यायाधीश सिफारिस

हिमालय टिभी
२०७७ फागुन २८ गते १६:३०
चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीश सिफारिस, उच्च अदालतमा १८ न्यायाधीश सिफारिस

२८ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस हुनुभएको छ ।

न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

यस्तै उच्च अदालतको न्यायाधीशमा १८ जना सिफारिस भएका छन् । न्याय सेवा विशिष्ट श्रेणीबाट नारायणप्रसाद पौडेल र ऋषि राजभण्डारीको नाम सिफारिस भएको छ ।

नायव महान्यायाधिवक्ता पौडेललाई उच्च अदालत, पाटन र कानुन मन्त्रालयका सचिव राजभण्डारीलाई उच्च अदालत पाटन, पोखराको न्यायाधीशमा सिफारिस गरिएको छ ।

जिल्ला न्यायाधीश मध्येबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तम प्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत, मेदिनीप्रसाद पौडेल सिफारिस हुनुभएको छ ।

न्याय सेवा राजपत्रांकित प्रथम श्रेणीबाट रामेश्वर रेग्मी, ममता खनाललाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *