Main News

कोरोना खोपको मूल्य बढाउने भारतीय कम्पनीको प्रस्ताव

हिमालय टिभी
२०७७ फागुन २८ गते ८:५५
कोरोना खोपको मूल्य बढाउने भारतीय कम्पनीको प्रस्ताव

२८ फागुन २०७७ काठमाडौं । सरकारले भारतबाट कोभिड–१९ विरुद्धको ५० लाख डोज खोप किन्दा पहिलेभन्दा बढी मूल्य पर्ने देखिएको छ ।

यसअघि प्रति खोप ४ डलरमा खरिद गरेको भ्याक्सिन अहिले कम्पनीका प्रतिनिधिहरुले यो पटक प्रतिडोज ६ डलर पर्ने जनाएका छन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयको विशेष पहलमा सहुलियतमा खोप पाएको थियो ।

स्वास्थ्य सेवा विभागले भने यो पटक पनि सकेसम्म सहुलियत मूल्यमा खोप पठाउन आग्रह गरेर प्रस्ताव पठाएको छ । कम्पनीसँग प्रतिडोज साढे पाँच डलरमा उपलब्ध गराउन आग्रह गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

उहाँका अनुसार अहिलेसम्म ५० लाख डोज खोप खरिद गर्न सम्झौता भएको छैन । विभागले सेरम इन्ष्टिच्युटलाई पठाएको प्रस्तावको जवाफ नआइसकेकाले खोप खरिदको मिति टुंगो नलागेको महाशाखा प्रमुख डा. भीमसिंह तिंकरीले वताउनु भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *