Main News

गृहमन्त्री थापा एमालेको उपाध्यक्ष बन्दै

हिमालय टिभी
२०७७ फागुन २६ गते १८:५५
गृहमन्त्री थापा एमालेको उपाध्यक्ष बन्दै

२६ फागुन २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमालेको उपाध्यक्ष बन्नुहुने भएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि दलगत समस्यामा परेका गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीसँगको सहकार्य कायमै राख्ने निर्णय गर्नुभएको हो ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहितका शीर्षस्थ नेताबीच भएको छलफलमा थापालाई उपाध्यक्ष बनाउने सहमति भएको बताइएको छ । यस्तो सहमति लगत्तै एमालेका नेता कार्यकर्ताले सामाजिक संजालमा थापालाई बधाइ दिइरहेका छन् ।

यसअघि माओवादी केन्द्रका नेता रहेका थापा एमालेमै रहने भएपछि सांसद पद भने जान सक्नेछ । माओवादी केन्द्रले उहाँलाई पदबाट हटाउन निर्वाचन आयोगमा सिफारिस गरे पद जानेछ ।

तर उहाँ त्यसका लागि समेत तयार भएर एमालेमै बस्ने निर्णयमा पुग्नुभएको सहयोगीले बताएका छन् । थापालाई अहिले सांसदबाट हट्नु परे पनि राष्ट्रियसभामा मनोनित कसैलाई हटाएर पुनः सांसद बनाउने प्रधानमन्त्री ओलीले आश्वासन दिनुभएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *