Main News

एमालेसँग कुनै हालतमा सहकार्य हुन सक्दैनः अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २६ गते १७:०१
एमालेसँग कुनै हालतमा सहकार्य हुन सक्दैनः अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)

२७ फागुन २०७७ काठमाडौं । नयाँ सत्ता समीकरणलाई लिएर जनता समाजवादी पार्टीमा मतभेद देखिएको छ । अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग मुद्दा नमिल्ने भन्दै कुनै हातलमा सहकार्य नहुने बताउनु भएको छ । वरिष्ठ नेता राजेन्द्र महतोले भने माग पूरा गर्ने दलसँग मिल्न सकिने प्रतिक्रिया दिनुभएको छ ।

प्रतिनिधिसभाको बैठकपछि पत्रकारसित अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउनुनै आफ्नो पार्टीको मूल ध्येय रहेको बताउनुभयो ।

ओली सरकार प्रतिगामी, लोकतन्त्र र संघीयता विरोधी भएको यादवको आरोप छ । अरुसँग सहकार्य हुन सक्ने तर एमालेसँग नहुने उहाँले बताउनुभयो ।

जनता समाजवादी पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने प्रयासमा लागिरहेका बेला यादवको यस्तो प्रतिक्रिया आएको हो । तर वरिष्ठ नेता राजेन्द्र महतोले भने माग पूरा भए एमालेसँग सहकार्य हुन सक्ने बताउनुभयो ।

नयाँ सत्ता समीकरणको प्रयास तीव्र भैरहेका बेला जसपाभित्र पनि विवाद देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *