Main News

देश राष्ट्रिय एकताको शान्तिपूर्ण युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २६ गते १५:१०
देश राष्ट्रिय एकताको शान्तिपूर्ण युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको दाबी (भिडियो रिपोर्टसहित)

२६ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश राष्ट्रिय एकताको शान्तिपूर्ण युगमा प्रवेश गरेको दावी गर्नुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय उद्देश्य र गन्तव्य प्राप्त गर्न सबै व्यवधान हटेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संकीर्ण स्वार्थका लागि समयसमयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको आरोप लगाउनुभयो । उहाँले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सतर्क रहन पनि सबैलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय र प्राकृतिक विपतको समयमा सदैव अग्र भागमा बसेर काम गर्ने गरेको भन्दै उहाँले सेनाको प्रशंसा गर्नुभयो । उहाँले सुरक्षा,सेवा र निर्माण सम्बन्धी कामलाई समुचित र व्यवस्थित ढंगले अघि लैजाने कुराको व्यवस्थापन सुरक्षा परिषद्ले गर्ने बताउनुभयो ।

नेपाली सेनाको राष्ट्र निर्माण, सुरक्षा र प्रतिरक्षामा महत्वपूर्ण योगदान र गौरवपूर्ण इतिहास रहेको तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ख्याती कमाएको प्रधानमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *