Main News

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रदेशमा यस्तो छ सत्ता समीकरण परिवर्तनको अंक गणित

हिमालय टिभी
२०७७ फागुन २५ गते ७:३०
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रदेशमा यस्तो छ सत्ता समीकरण परिवर्तनको अंक गणित

२५ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि केन्द्रको मात्रै होइन, प्रदेशको सत्ता समीकरणसमेत फेरबदल हुने भएको छ ।

अब अविश्वास प्रस्ताव सामना गरिरहेका प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री झन् बलिया हुनेछन् भने तुलनात्मक रुपमा सुरक्षित मानिएका चार मुख्यमन्त्री जोखिममा परेका छन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको दल एमालेसँग ५१ सांसद छन् । जब कि उहाँलाई बहुमतका लागि जम्मा ४७ सांसद आवश्यक पर्छ। बागमती प्रदेशमा पनि एमालेका मुख्यमन्त्री डोरमणि पौडेल स्पष्ट बहुमतमा हुनुहुन्छ । उहाँसँग एमालेका ५८ सांसद छन् । बहुमतका लागि ५६ सांसद पर्याप्त हुन्छ ।

उता, माओवादी केन्द्रका मुख्यमन्त्री रहेको कर्णाली प्रदेशमा सरकार हेरफेर हुन सक्ने देखिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दल माओवादीसँग १३ सांसद मात्र छन् । बहुमतका लागि २१ सांसद आवश्यक हुन्छ । सरकार टिकाउन शाहीले कांग्रेसका ६ र राप्रपाका एक सांसद जुटाउँदा पनि एक अभैm कम हुन्छ ।

त्यस्तै, एमालेसँग कर्णालीमा २० सांसद छन् । एमालेले राप्रपाको एक वा कांग्रेसको ६ सांसद जुटाएर सरकार बनाउन सक्छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि आवश्यक २७ सांसद आवश्यक हुनेमा मुख्यमन्त्री त्रिलोचन भट्टको माओवादी केन्द्रसँग आधा सांसद मात्र छन् ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । एमालेका २८ सांसद छन् । त्यस्तै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई ३ सांसद अपुग हुन्छन् । वर्तमान राजनीतिक घटनाक्रमले प्रदेश २ लाई भने प्रत्यक्ष प्रभावित पार्ने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *