प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
२३ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि पहिलो पटक प्रतिनिधिसभा बैठक बसेको छ ।
पहिलो बैठकबाटै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपाको प्रचण्ड–नेपाल समूहले ओली सरकारलाई दबाबमा पारेका छन । प्रचण्ड नेपाल समूहले बैठक बहिस्कार ग¥यो भने कांग्रेसले अवरुद्ध गरेर सदन चल्न दिएन ।
बैठक २६ गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको छ ।संसद भवन नयाँ वानेश्वरमा निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी बसेको बैठकमा सरकारले ल्याएको अध्यादेश पेश गर्न थालेको विरोधमा कांग्रेसले रोष्टम घेराउ गरेर विरोध गरेपछि बैठक स्थगित गरिएको हो।
सभामुख सापकोटाले कार्यसूचीअनुसार अध्यादेश पेस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठलाई अनुमति दिएपछि कांग्रेस र जसपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
विरोधका बीच कानूनमन्त्री श्रेष्ठले अध्यादेश पेस गरेपछि सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध पारे । उनीहरूले गैरसंवैधानिक अध्यादेश फिर्ता लिन माग गरेका थिए ।
प्रतिक्रिया