Main News

यस्तो छ आज बस्ने संसद बैठकको सम्भावित कार्यसूची

हिमालय टिभी
२०७७ फागुन २३ गते ७:२८
यस्तो छ आज बस्ने संसद बैठकको सम्भावित कार्यसूची

२३ फागुन २०७७ काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यक्रमका सूची तयार पारेको छ।

जसअनुसार बैठकको शुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ ।

यस्तै राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ। अनि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिनेछ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।

यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गरिनेछ । तर बैठक शुरु हुनुअघिसम्म सम्भावित कार्यक्रम थपघट हुन सक्ने संसद् सचिवालयले जनाएको छ।

साथै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव आउने र नयाँ प्रधानमन्त्री चयन हुने सम्भावनासमेत रहेका कारण आज शुरु हुन लागेको संसद् अधिवेशनलाई उत्सुकतापूर्वक हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *