Main News

भोलि प्रधानमन्त्री ओलीलाई खोप लगाएर दोस्रो चरणको अभियान शुरु गर्ने

हिमालय टिभी
२०७७ फागुन २२ गते १७:२५
भोलि प्रधानमन्त्री ओलीलाई खोप लगाएर दोस्रो चरणको अभियान शुरु गर्ने

२२ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप लगाएर भोलि कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गरिने भएको छ ।

प्रधानमन्त्री ओलीले भोलि बिहान शिक्षण अस्पतालमा खोप लगाउने तय भएको छ। ललितपुरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले यस्तो जानकारी दिनुभएको हो ।

मन्त्री त्रिपाठीले कोभ्याक्स लगायत दातृ निकायबाट प्राप्त खोपलाई व्यवस्थित तरिकाले जनतासम्म लैजाने गरी सरकारले तयारी गरिरहेको बताउनुभयो ।

सरकारले भोलिबाट ६५ वर्ष माथिका १६ लाखभन्दा बढी जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने गरी दोस्रो चरणको अभियान शुरु गर्दैछ ।

ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालय, विश्वविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक र सहयोगीलाई दोस्रो चरणमा खोप लगाउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *