Main News

उद्घाटनको तयारीमा रहेको फर्निचर उद्योग हेर्दाहेर्दै यसरी भयो खरानी

हिमालय टिभी
२०७७ फागुन २२ गते १७:१८
उद्घाटनको तयारीमा रहेको फर्निचर उद्योग हेर्दाहेर्दै यसरी भयो खरानी

२२ फागुन २०७७ कैलाली । कैलालीको धनगढीमा उद्घाटन नहुँदै एक फर्निचर उद्योगमा आगलागी हुँदा ठुलो क्षति भएको छ ।

करिब २० करोडको लगानीमा सञ्चालन हुन लागेको आलोक फर्निचर उद्योग जलेर नष्ट भएको हो । उद्घाटनको तयारीमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आज मध्यान्ह अचानक आगलागी भएको थियो।

उद्योगमा वेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । सञ्चालक आरिफ अहमद राईले आफ्नो ठुलो नोक्सानी भएको बताउनुभयो ।

फागुन महिनाभित्रै उद्घाटनको तयारी गरिएको उद्योगमा २२ जना कामदार कार्यरत थिए ।

आगलागी झण्डै २ घण्टापछि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, र चारवटा दमकलले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *