सभापति देउवाले भने–मरिहत्ते गर्दिनँ, जिम्मेवारी आए भाग्दिनँ (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७७ चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी सरकारमा सहभागी हुने संकेत गरेको छ ।
चितवनमा आज पूर्व नेता एकनाथ रानाभाटको श्रद्धान्जलीसभामा पुगेका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताउनुभयो । आफू मरिहत्ते गरेर कुर्सीको लडाइँमा नलाग्ने तर काँधमा जिम्मेवारी आए नभाग्ने बताउनुभयो ।
त्यसअघि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने सरकारमा नगइ प्रतिपक्षको भूमिका सही ढंगले निर्वाह गर्नुपर्ने बताउनुभयो ।
जवाफमा सभापति देउवाले पौडेलको चित्त साह्रै सानो रहेको भन्दै मञ्चबाटै आलोचना गर्नुभयो ।
नेकपा औपचारिक रुपमा विभाजित नभएसम्म नयाँ सरकारका लागि प्रक्रिया अघि नबढाउने बताएको कांग्रेसमा पछिल्लो पटक नेताहरुले फरकफरक धारणा राखिरहेका छन् ।
सभापति देउवा पनि अब सरकारको दौडमा लागेको संकेत देखिएको छ ।
प्रतिक्रिया