स्थानीय तहसम्म पहुँच विस्तार गर्ने योजनामा महिला आयोग
१७ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला आयोगले स्थानीय तहसम्म पहुँच पुग्ने गरी नयाँ योजना बनाइरहेको बताएको छ ।
महिला हकहित संरक्षण गर्ने उद्देश्यसहित स्थापना भएको आयोगले पीडितलाई न्यायको पहुँचमा पुर्याउन स्थानीयस्तरदेखि नै काम गर्ने गरी योजना बनाइरहेको अध्यक्ष कमलाकुमारी पराजुलीले बताउनुभयो ।
पीडितले न्याय पाउन वर्षौ कुर्नुपर्ने अवस्था अन्त्यका लागि काम गरिरहेको पनि अध्यक्ष पराजुलीको भनाइ छ ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै , सबै प्रकारको हिंसा अन्त्य गर्न महिला शिक्षित, आत्मनिर्भर र आर्थिक रुपमा सबल बन्नुपर्ने बताउनुभयो ।
आयोग पछिल्लो ३ वर्षदेखि पदाधिकारीविहीन थियो । पदाधिकारी नहुँदा महिला अधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गर्न नसकेको आयोगले, अब भने न्यायिक क्षेत्रमा सक्रिय रुपमा काम गर्ने विश्वास गरिएको छ । महिलामाथि भएका कुनै पनि हिंसाको उजुरी महिला आयोगमा दिन सकिन्छ ।
प्रतिक्रिया