Main News

सर्वोच्च अदालत संसद विघटन मुद्दा फैसला गर्ने प्रक्रियामा प्रवेश

हिमालय टिभी
२०७७ फागुन ११ गते १७:१५
सर्वोच्च अदालत संसद विघटन मुद्दा फैसला गर्ने प्रक्रियामा प्रवेश

११ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका मुद्दामा सर्वोच्च अदालत फैसलाको प्रक्रियामा प्रवेश गरेको छ ।

सुनुवाइ र बहस नोट बुझाउने समय सकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलास फैसलाको तयारीमा लागेको हो । तर फैसला कहिले हुन्छ भन्ने अझै टुङ्गो लागेको छैन ।

आज बसेको इजलासमा बहस नोट अध्ययन शुरु गरिएको छ । हिजोसम्म दुवै पक्ष र एमिकस क्युरीका कानून व्यवसायीलाई बहस नोट पेस गर्ने समय सीमा तोकिएको थियो । इजलासले नोट अध्ययन गरेपछि फैसला सुनाउनेछ ।

फैसला यही साता जहिले पनि आउन सक्ने बताइएको छ । अघिल्लो पेसीमै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले ११ गतेदेखि पछि जुनसुकै दिन फैसला आउन सक्ने बताउनुभएको थियो ।

पाँच सदस्यीय संवैधानिक इजलासमा न्यायाधीशबीच राय बाझिए बहुमतका आधारमा फैसला आउनेछ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश जवरासहित न्यायाधीशहरु अनिल कुमार शिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र विश्वंभर श्रेष्ठ हुनुहुन्छ ।

सुनुवाइका क्रममा संसद विघटनको वचाउमा उत्रिएका प्रधानमन्त्री पक्षधर वकिल रक्षात्मक देखिएका थिए । पाँच जना एमिकस क्युरीमध्ये एकजनावाहेक सबैले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको राय दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *