Main News

संसद विघटनको विरोधमा दलित मोर्चाको अगुवाईमा देशभर प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १० गते १८:२२
संसद विघटनको विरोधमा दलित मोर्चाको अगुवाईमा देशभर प्रदर्शन (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको दलित मोर्चाले संसद विघटनविरुद्धमा काठमाडौंसहित देशभर प्रदर्शन गरेको छ ।

संसद पुनर्स्थापनाको माग गर्दै नेपाल दलित मुक्ति मोर्चाले प्रदर्शन गरेको हो । काठमाडौंमा यो समूहले माइतीघर मण्डलादेखि बानेश्वरसम्म जुलुश निकाल्यो ।

नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजीत श्रीपाइलीले संसद विघटन गरी प्रधानमन्त्री ओलीले देशमा अस्थिरता सिर्जना गरेको आरोप लगाउनुभयो ।

संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षतामाथि कू गरिएको भन्दै संयोजक श्रीपाइलीले संसद पुनर्स्थापनाको पक्षमा आन्दोलन गर्नुपरेको बताउनुभयो ।

प्रदर्शनकारीले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संवैधानिक हक सुनिश्चितता, समानुपातिक समावेशीकरण तथा धर्म निरपेक्षताको रक्षामा जोड दिएका छन ।

संसद विघटन विरुद्ध प्रचण्डनेपाल समूह चौथो चरणको आन्दोलनमा छ । उसले यो चरणमा आफ्ना भातृ संगठन र मोर्चाहरुलाई सक्रिय बनाउने कोशिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *