Main News

नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा नयाँ बहिरङ्ग सेवा शुरु

हिमालय टिभी
२०७७ फागुन ९ गते १८:३०
नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा नयाँ बहिरङ्ग सेवा शुरु

९ फागुन २०७७ काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने भन्दै नयाँ बहिरङ्ग सेवा शुरु गरेको छ ।

अस्पतालले पत्रकार सम्मेलन गरी आफ्नो पुरानो ओपिडी भवनलाई पुनर्निर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवा शुरु गरेको जानकारी दिएको छ ।

उपचारका लागि लामो लाइन लाग्नुपर्ने र डाक्टरलाई लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई हेरेर क्यू म्यानेजमेन्ट सिस्टम लागू गरिएको छ ।

नर्भिकले आफ्ना सबै विभाग तथा सेवालाई डिजिटाइज गर्दै आधुनिक र समयसापेक्ष सेवा दिने योजना बनाएको नर्भिक हस्पिटलले जनाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *