Main News
पूर्वप्रधानमन्त्री डा.भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाँदै
२०७७ फागुन ९ गते ८:५२
![पूर्वप्रधानमन्त्री डा.भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाँदै](https://www.himalayatv.com/wp-content/uploads/2020/07/baburam-bhattarai-2.jpg)
९ फागुन २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई आजभारत जान लाग्नुभएको छ ।
नेपाल वायुसेवा निगमको जहाजबाट उहाँ आज स्वास्थ्य उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली जान लाग्नुभएको हो ।
उहाँको सचिवालयका अनुसार पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनुभएका डा. भट्टराईलाई अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिस गरेकाले त्यसको उपचारका लागि उहाँ आज दिल्ली जान लाग्नुभएको हो ।
दिल्लीमा उहाँको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उहाँको बसाइ नेपाली दूतावासमा हुने पनि बताइएको छ ।
प्रतिक्रिया