Main News

बागमती प्रदेशसभा बैठक आज, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने

हिमालय टिभी
२०७७ फागुन ५ गते ६:१७
बागमती प्रदेशसभा बैठक आज, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने

५ फागुन २०७७ हेटौडा । बागमती प्रदेश सभाको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

आज बिहान प्रदेशसभा कार्यपरामर्श समितिको बैठक बसेर आजै दिउँसो सञ्चालन हुने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यक्रम छ । आजै केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावना रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेशसभा सचिवालयका खड्काका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा तयार गरिएको प्रदेश पर्यटन विधेयक–२०७७ सचिवालयमा दर्ता भएको छ ।

यसअघि प्रदेशसभाको बैठक माघ १९ गते सञ्चालन हुने भनिएको भए पनि सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

प्रदेशसभामा सत्तारुढ नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा दलको तीन, राप्रपाको दुई, नेपाल मजदुर किसान पार्टीको दुई र एक स्वतन्त्र गरी ११० जना सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *