Main News
नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुन्छः मन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)
२०७७ फागुन ४ गते १८:२०
४ फागुन २०७७ काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताउनुभएको छ ।
मन्त्री श्रेष्ठले आज सञ्चारकर्मीसँग कुरा गर्दै नयाँ शैक्षिक सत्रबारे जानकारी दिनुभएको हो । असारबाट शैक्षिक शत्र शुरु गर्नेगरी मन्त्रालयले तयारी गरिसकेको उहाँले बताउनुभयो ।
कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि शैक्षिक सत्रबारे अन्योल भइरहेको छ ।
मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषदमा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी पनि दिनुभयो ।
प्रतिक्रिया