Main News

बाँकेको राप्ती सोनारीमा भएको बस दुर्घटनामा दश जना गम्भीर घाइते

हिमालय टिभी
२०७७ फागुन ४ गते ७:४३
बाँकेको राप्ती सोनारीमा भएको बस दुर्घटनामा दश जना गम्भीर घाइते

४ फागुन २०७७ बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन्।

सोलु नाम्चेबाट कालिकोट शमसेर गुल्मका लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार थिए। जसमध्ये १० जना गम्भीर घाइते भएका हुन्।

बसको गति अनियन्त्रित भई दुर्घटना भएको सशस्त्र प्रहरी बल बाँकले जनाएको छ। दुर्घटनाबारे जानकारी पाउना साथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो।

गम्भीर घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको अस्पताल नेपालगन्ज राझातर्फ पठाइएको सशस्त्र प्रहरीका नायव उपरीक्षक सुरेश गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *