Main News
नेकपा प्रचण्ड–नेपाल समूहले आज अर्को चरणको आन्दोलन घोषणा गर्दै
२०७७ फागुन २ गते १२:५२

२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज अर्को चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेनमार्फत अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।
दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेन आयोजना गरिएको छ। गत पुस ५ गते प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले लगातार आन्दोलन गर्दै आएको छ।
राजनीतिक रुपमा विभाजित भएको प्रचण्ड–नेपाल समूहले सडक संघर्षमार्फत ओली समूह र सरकारको विरोध गर्दै आएको छ भने ओली समूह पनि शक्ति प्रर्दशनमा उत्रिएको छ।
प्रतिक्रिया