Main News

धनकुटा पुगेर अध्यक्ष नेपालले भने–ओलीकै कारण अहिलेको स्थिति आयो

हिमालय टिभी
२०७७ फागुन १ गते १९:१४
धनकुटा पुगेर अध्यक्ष नेपालले भने–ओलीकै कारण अहिलेको स्थिति आयो

१ फागुन २०७७ धनकुटा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरोधमा धनकुटामा ठूलो विरोध सभा गरेको छ ।

विरोध सभालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीमा पार्टी भावना, सामूहिकता र काम गर्ने अठोट नभएकै कारण अहिलेको स्थिति आएको बताउनुभएको छ ।

पाँच वर्ष प्रधानमन्त्री भएर पार्टी घोषणा पत्र र चुनावी घोषणापत्र अनुसार काम गर्नुस् भन्दा पनि ओलीले काम नगरेको र अहिले पार्टीले काम दिएन भनेर भ्रम छर्दै हिँडेको आरोप लगाउनुभयो । उहाँले ओलीले नगरेका काम अब आफूहरुले गर्ने बताउनुभयो ।

केपी ओली नेतृत्वका वर्तमान सरकारमा रहेर ३ वर्ष काम गरेका पूर्व मन्त्री वर्षमान पुनले पार्टीले सरकारलाई काम गर्न कुनै अवरोध नगरेको बताउनुभयो । उहाँले निर्वाचन घोषणा गरिसकेपछि भएका राजनीतिक नियुक्तिप्रति आपत्ति जनाउनुभयो ।

प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको प्रचण्ड–नेपाल समूहले अब प्रदेश १ मा कार्यक्रम केन्द्रीत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *