Main News

आँखामा कालोपट्टीसहित माइतीघरमा युवतीहरुको यस्तो प्रदर्शन (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ फागुन १ गते १५:२४
आँखामा कालोपट्टीसहित माइतीघरमा युवतीहरुको यस्तो प्रदर्शन (फोटो फिचरसहित)

१ फागुन २०७७ काठमाडौं । बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा आज पनि युवायुवतीले प्रदर्शन गरेका छन् ।

आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा उत्रिएका युवतीहरुले बलत्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दे नाराबाजी गरेका हुन् । उनीहरुले केही समय धर्नासमेत दिएका थिए ।

सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानरसहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मक रुपमा विरोध प्रदर्शन गरेका थिए । उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए । सोही बीचमा आँखामा कालोपट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारवाही र पीडितलाई न्याय दिन माग गरिरहेका थिए ।

उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाइँदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी देजस्ता नाराबाजी गरेका थिए ।

मुलुकका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा संलग्नको पहिचान र कारवाही नभएपछि त्यसको विरोध र दोषीलाई कारवाही, पीडितलाई न्याय र बालिका तथा महिला सुरक्षाको प्रत्याभुति गर्न माग गदै काठमाडौंमा दिनहुँ प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *