Main News

१२७ जना कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ ३० गते १७:२८
१२७ जना कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु

३० माघ २०७७ काठमाडौं । नेपालमा थप १२७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पटक देशभर कुल १२७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७२ हजार ५५७ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७०७ रहेको छ ।

त्यस्तै पछिल्लो पटक १ सय ३६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६८ हजार ७९६ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुने प्रतिशत ९८ दशमलव ६ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५४ रहेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ० दशमल ७५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *