Main News

आज उच्च पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना

हिमालय टिभी
२०७७ माघ २७ गते १३:४३
आज उच्च पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना

२७ माघ २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात तथा पहाडी क्षेत्रमा हल्का वर्षा हुने भएको छ ।

गत शनिबारसम्म सक्रिय रहेको पश्चिमी वायुको प्रभाव फेरि देखिन लागेको हो । आज साँझपछि देशका केही स्थानमा झरी पर्ने अनुमान पनि गरिएको छ ।

पश्चिमका क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको प्रभावका कारण भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ ।

अन्य प्रदेशमा भने मौसम आंशिकदेखि सामान्य बद्ली मात्रै हुने मौसमविद् शाक्यले बताउनुभयो । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ भने तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंसहित आसपासका जिल्लामा लागेको कुहिरो भने हट्दै गएर घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाडौंको न्यूनतम तापक्रम आज चार डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *