Main News

बर्दियाकी १२ वर्षीया बालिकाको भारतमा सामूहिक बलात्कारपछि हत्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २६ गते १९:०३
बर्दियाकी १२ वर्षीया बालिकाको भारतमा सामूहिक बलात्कारपछि हत्या (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ खुर्रखुरे फाँटा सुकुम्बासी बस्तीकी १२ वर्षीया बालिकाको भारतमा सामूहिक बलात्कारपछि हत्या भएको छ । सामूहिक बलात्कारपश्तात् हत्या गरेर जबर्जस्ती शव जलाइएको छ ।

भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको कुण्डवा चैनपुरमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो । बालिकाका भिनाजु नवलसिंह विकले माघ ८ गते बालिकाकी आमा नेपाल आएको र बालिकाका बाबु काम गर्न गएको बेला घटना भएको जानकारी दिनुभयो ।

प्राथमिक अनुसन्धान र एक भाइरल अडियोले यो घटनामा स्थानीय प्रहरी अधिकारीको सहयोग रहेको देखिएको छ । बालिकाको घाँटीमा निल डाम देखेको र तत्कालै अस्पताल लगे पनि उपचार नभएको आफन्तले जनाएका छन् । प्रहरीकै सहयोगमा शव रातारात जलाइएको र १२ जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।

त्यो क्षेत्रका एसपी नवीनचन्द्र झाले स्थानीय थानाध्यक्ष सञ्जिव कुमार रञ्जनले लापरवाही गरेको आफ्नो कर्तव्यबाट विमुख भएको बीबीसी हिन्दीलाई बताएका छन ।

घटना भएको १२ दिनपछि फागुन २० गते अपराधीविरुद्ध भारतीय दण्डसंहिता अनुसार कारबाही माग गर्दै जाहेरी दर्ता भएको छ । घटनामा ११ जनालाई अभियुक्त बनाएर जाहेरी दिइएको छ । लकडाउनका कारण विद्यालय बन्द भएपछि गत कात्तिक पहिलो साता बाबुआमासँगै बालिका चैनपुर गएकी थिइन् ।
भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *