Main News
आजदेखि मौसममा क्रमिक सुधार आउने
२०७७ माघ २५ गते ७:३८
२५ माघ २०७७ काठमाडौं । केही दिनदेखि मौसममा भइरहेको बदली आजदेखि क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्।
आज राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सामान्य रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
अहिले बिहान प्रदेश १ का पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
मौसममा क्रमिक सुधार भए पनि चिसो भने अझै कायमै रहने मौसमविदले बताएका छन्।
प्रतिक्रिया