Main News

कोरोना संक्रमित दोहोरो अंकमा सीमित, मृत्यु आज शून्य

हिमालय टिभी
२०७७ माघ २४ गते १६:४४
कोरोना संक्रमित दोहोरो अंकमा सीमित, मृत्यु आज शून्य

२४ माघ २०७७ काठमाडौं । नेपालमा लामो समयपछि नेपालमा कोरोना संक्रमितको संख्या दोहोरो अंकमा सीमित भएको छ ।

दैनिक हजारौं संक्रमित भएको नेपालमा पछिल्लो पटक ९९ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा २ हजार ७ सय ९४ जनाको गरिएको पीसीआर परीक्षणमा ९९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित घटेको मात्रै होइन, कोरोनाले आज कसैको पनि मृत्यु भएन ।

अहिलेसम्म मृत्यु हुनेको संख्या २ हजार ३५ रहेको छ । पछिल्लो पटक २ सय ४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६७ हजार ८ सय १२ जना छन् ।

नेपालमा निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो पटक काठमाडौं उपत्यकामा ६६ जना संक्रमित भएका छन् ।

तीमध्ये काठमाडौंमा ४८, भक्तपुरमा ५ र ललितपुरमा १३ जना संक्रमित थपिए । हाल देशभरका अस्पतालमा ६१ जनाको आइसीयूमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *