Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, १ सय ५ संक्रमित थपिए

हिमालय टिभी
२०७७ माघ २३ गते १६:४९
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, १ सय ५ संक्रमित थपिए

२३ माघ २०७७ काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

पछिल्लो पटक थप १ सय ५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ।

२ हजार ७ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५ जनामा कोरोना पुष्टि भएको हो ।

थप २ सय ७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २ हजार १ सय आठ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचाररत छन् । ६४ जना आइसीयु र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *