राजनीति

गाडी चढेर सडकमा उत्रेका प्रचण्डले एमसीसीको विरोध गर्न किन रोके ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २२ गते २०:५०
गाडी चढेर सडकमा उत्रेका प्रचण्डले एमसीसीको विरोध गर्न किन रोके ? (भिडियो रिपोर्टसहित)

२२ माघ २०७७ काठमाडौं। नेकपाको प्रचण्ड–नेपाल पक्षले आम हड्ताल गरेपछि देशभर हिजो अस्ति जस्तो गाडी चलेनन । चल्न खोजेका गाडीलाई पनि प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले ठाउँ ठाउँमा रोके र कतिपय ठाउँमा तोडफोड पनि गरे ।

त्यसैले आमहड्तालको प्रताडना झेल्दै आमनागरिक पैदल नै हिंडन बाध्य भए । तर अरुलाई गाडी चल्न रोक लगाउने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने गाडीमै सवार भएको देखियो ।

हो उहाँ आमहड्ताल गर्ने पार्टीका अध्यक्ष प्रचण्ड नै हुनुहुन्छ, जो अरुका गाडी रोकेर आम हड्ताल सफल पार्न गाडी चढेर सडकमा आउनुभयो ।

अब अर्का अध्यक्ष माधवकुमार नेपालको पनि कुरा गरौं । अध्यक्ष नेपाल पनि अरुका गाडी रोकेर आफू भने स्कूटरमा हुइँकिनु भएको थियो ।

सुरक्षाकर्मीको स्कर्टिङसहित प्रचण्ड गाडी चढेर आउँदा आमहड्ताललाई नै गिज्याइरहेको थियो । तथापि प्रचण्ड लगायतका नेताले केहीबेर भुइँमा बसेर कार्यकर्तालाई साथ दिनुका साथै नाराबाजी पनि गरे ।

तर नारा लगाउँदा लगाउँदै यस्तो स्थिति आयो, प्रचण्डले रोक्ने कोशिस गर्नुपर्यो । कुरा थियो एमसीसीको । प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी मुलुकको हितमा छैन भनेर बोल्दै आउनुभएको छ । तर आमहड्तालका क्रममा एकाएक कार्यकर्ताले नारा लगाउँदा उहाँले रोक्ने कोशिस गर्नुभयो ।

त्यति मात्रै होइन पम्फा भुसाल लगायतका नेतालाई रोक्न समेत भन्नुभयो । प्रचण्डको आग्रहमा उहाँले भनेझैं संसद विघटनको विरोधमा नारा लाग्यो । तर कार्यकर्ताले फेरि एक्कासी एमसीसी चाहिँदैन भनेर नारा लगाए । त्यसपछि प्रचण्ड त्यहाँबाट हिंड्नुभयो । संभवत एमसीसीको विरोधमा नारा नलागेको भए प्रचण्ड केही समय बस्नु हुन्थ्यो

आमहड्तालमा देखिएका यी घटनाले प्रचण्डमा द्वैध चरित्र छ भन्नेलाई बल मिलेको छ । किनकी उहाँ एकातिर अरुका गाडी बन्द गर्नुहुन्छ, आफू गाडी चढेर आन्दोलनमा आउनुहुन्छ, अर्को एकातिर एमसीसी ठीक छैन भन्नुहुन्छ, अर्कोतिर नाराबाजी हुँदा रोक्नुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्