Main News

बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले सम्हाले जिम्मेवारी

हिमालय टिभी
२०७७ माघ २२ गते १८:४२
बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले सम्हाले जिम्मेवारी

२२ माघ २०७७ काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले आज जिम्मेवारी सम्हाल्नु भएको छ ।

सिलवाललाई सपथ गराउँदै अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउनुपर्ने चुनौती सामना गरेर अघि बढ्न सुझाव दिनुभयो ।

कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नका लागि रकमको व्यवस्थापन गर्ने चुनौती रहेको उहाँले बताउनुभयो । सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीलाई पारदर्शी बनाउनुपर्नेमा पनि सचिव पुडासैनीले जोड दिनुभयो ।

बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले बीमा कम्पनीको पहुँच विस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफू खरो उत्रिने बताउनुभयो ।

बीमा क्षेत्रको वर्तमा समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समीक्षा गरिने उहाँको भनाइ छ । कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *