Main News

प्रचण्डलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

हिमालय टिभी
२०७७ माघ २१ गते १९:१२
प्रचण्डलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

२१ माघ २०७७ काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै परेको रिटमा न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र उपस्थित भएर जवाफ दिन भनेको हो ।

प्रचण्डले केही दिन अघि विराटनगरमा संसद पुनःस्थापना नभए सभामुखमार्फत बैठक बोलाउने चेतावनी दिनुभएको थियो । विचाराधीन मुद्दामा प्रचण्डले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता समिर हायूले रिट हाल्नु भएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *