Main News

एक वर्षभित्र चितवनको अयोध्यापुरीमा भव्य राम मन्दिर निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

हिमालय टिभी
२०७७ माघ १७ गते १८:५५
एक वर्षभित्र चितवनको अयोध्यापुरीमा भव्य राम मन्दिर निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

१७ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले प्रचण्डको गृहजिल्ला चितवनमा आज शक्ति प्रदर्शन गरेको छ ।

भरतपुरमा आयोजित सभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ । ४ जना मन्त्री र एक राज्यमन्त्रीसहित चितवन पुगेका प्रधानमन्त्री ओलीले आज हतार भएको भन्दै लामो सम्बोधन गर्नुभएन । तर उहाँले प्रचण्ड नेपाल समूहमाथि आक्रमण गर्न भने बिर्सनुभएन । उहाँले धार्मिक राष्ट्रवादलाई लिएर प्रचण्डमाथि यसरी हमला गर्नुभयो ।

प्रधानमन्त्री ओलीले चितवनको अयोध्यापुरीमा अर्को वर्ष भव्य राम मन्दिर बनाउन शुरु गर्ने घोषणा पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा धमाधम विकास निर्माण भइरहेको दाबी पनि गर्नुभयो । उहाँले आजै भरतपुरमा सिटी हल र सडक खण्ड विस्तारको शिलान्यास पनि गर्नुभयो । प्रधानमन्त्री ओलीको विरोधमा प्रचण्ड–नेपाल समूहका युवा विद्यार्थीले प्रदर्शन समेत गरेका थिए ।

प्रतिगमन मूर्दावाद लेखिएको कालो ब्यानर देखाइनुका साथै कालो बेलुन पनि उडाइएको थियो । युवा विद्यार्थीले सडकमा टायर बालेर समेत विरोध जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *