Main News

काठ निर्यात गर्ने स्थितिमा पुग्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजः मन्त्री आले (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १७ गते १८:४०
काठ निर्यात गर्ने स्थितिमा पुग्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजः मन्त्री आले (भिडियो रिपोर्टसहित)

१७ माघ २०७७ काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको दाबी गर्नु भएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा मन्त्री आलेले वार्षिक १० देखि १२ अर्ब बराबरको काठ आयात गर्नुपर्ने अवस्था अन्त्य गरेर निर्यातको अवस्थामा पुग्ने दाबी गर्नुभयो ।

उहाँले देशका २१ हजार ७ सय ५५ वटा सामुदायिक र सरकारी वनबाट कसरी काठ निकाल्न सकिन्छ भनेर नीति बनाउन लागेको पनि बताउनुभयो । एउटा सामुदायिक वनबाट ५० हजार क्यूफिटसहित वार्षिक करिब ५ करोड क्यूफिट काठ निकाल्न सकिने पनि मन्त्री आलेले बताउनुभयो ।

माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि’ खारेज गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *