काठमाडौं उपत्यकाका अधिकांश विद्यालय आजदेखि सञ्चालनमा

४ माघ २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालय आजदेखि सञ्चालनमा आउन लागेका छन् ।
कोरोना संक्रमण जोखिमका कारण बन्द उपत्यकाका विद्यालय स्वास्थ्य सुरक्षाको मापदण्डसहित १० महिनापछि खुल्न लागेका हुन् । स्थानीय तहले विद्यालय सञ्चालनको अनुमति दिएपछि आजदेखि उपत्यकाका प्रायः अधिकांश विद्यालय खुल्न लागेका छन् ।
कोरोनाको जोखिम बढेपछि गत वर्ष चैत महिनाको पहिलो सातादेखि देशभरका विद्यालय बन्द भएका थिए । काठमाडौं बाहिरका प्रायः सबै विद्यालय यसअघि नै सञ्चालनमा आएका भए पनि काठमाडौंका विद्यालय भने अझै पूर्णरुपमा सञ्चालनमा आएका थिएनन् ।
केही विद्यालयले भने असोजदेखि नै कक्षा सञ्चानल गरेपनि अधिकांश विद्यालय भने बन्द नै थिए । अनलाइन कक्षा सञ्चालन गर्दै आएका विद्यालय पनि आजदेखि प्रत्यक्ष रुपमा सञ्चालनमा आउन लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
केही विद्यालयले कक्षामा भौतिक दूरी कायम गरी आधा संख्यामा विद्यार्थीको उपस्थितिमा पढाउने तयारी गरेका छन् ।
त्यस्तै उपत्यकाका स्थानीय तहले पठनपाठनका क्रममा शिक्षक र विद्यार्थीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएका छन् ।
प्रतिक्रिया