Main News
परराष्ट्रमन्त्री ज्ञवालीद्वारा भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता
२०७७ माघ ३ गते १२:४४
३ माघ २०७७ नयाँ दिल्ली । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ ।
भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय रक्षा मन्त्री सिंहबीच दिल्लीमा वार्ता भएको हो । वार्तामा दुई देशबिचको सम्बन्ध तथा आपसी सहयोगको विषयमा छलफल भएको छ । भेटवार्ताका क्रममा दुई नेताबीच सीमा विवाद समाधानका विषयमा समेत छलफल भएको छ ।
दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउन सीमा समस्या समाधान गर्न भारतले पहल गर्नुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिनुभएको छ ।
परराष्ट्र मन्त्री ज्ञवाली नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबार नयाँ दिल्ली जानुभएको थियो ।
प्रतिक्रिया