मौसम बदली भई देशका केही स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान
२७ पुस २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसम बदली भई वर्षा हुन सक्ने अनुमान गरेको छ ।
केही दिनयता नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको भन्दै महाशाखाले आज बिहान प्रदेश १ र प्रदेश २ का केही स्थानमा मौसम आंशिक बदली रहेको बताएको छ ।
आज राति भने प्रदेश १ र प्रदेश २ का एक÷दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आज सूचना जारी गर्दै देशका विभिन्न भूभागमा बिहानको न्यूनतम तापक्रममा हल्का गिरावट आउनुका साथै तराईका केही भूभागमा बिहानको समयमा हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातको समय भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का एक दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको छ भने बाँकी अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया