भारतीय सीमा क्षेत्रमा गोली चल्दा एक जना नेपाली घाइते
२१ पुस २०७७ कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् ।
हिजो साँझ गोली चल्दा दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय नरेश सुनार घाइते हुनु भएको हो । भारतीय एसएसबीले चलाएको गोली लागेका सुनारको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
सुनारको खुट्टामा गोलीको छर्रा लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । उहाँले घाइतेको अवस्था सामान्य रहेको र सुनारलाई उपचारका लागि महाकाली अस्पतालमा ल्याइएको जानकारी दिनुभयो ।
घटना साँझको समयमा भए पनि घाइतेले राति ९ बजे खबर गरेपछि मात्रै त्यसबारे जानकारी पाएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिनुभयो ।
तर भारतीय सीमा सुरक्षा बल .(एसएबी) ले भने गोली चलेको घटनाप्रति अनविज्ञता जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया