Main News
ओलीले विदेशीको इसारामा लम्पसार परेर संसद विघटन गरेः जनार्दन शर्मा
२०७७ पुष १८ गते १८:४९

१८ पुस २०७७ विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता जर्नादन शर्माले विदेशीको इसारामा लम्पसार परेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाउनु भएको छ ।
प्रचण्ड–नेपाल समूहले विराटनगरमा आज गरेको प्रशिक्षणमा नेता शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर आफै समाप्त हुने बाटो रोजेको टिप्पणी गर्नुभयो ।
नेता शर्माले प्रधानमन्त्री ओलीलाई राष्ट्रप्रति माया नै नभएको भन्दै राष्टवादको ढोङ् ओढेको आरोप पनि लगाउनुभयो ।
नेता युवराज ज्ञवालीले राष्ट्रियतालाई नै कमजोर पार्ने रणनीतिअनुसार प्रधानमन्त्री अघि बढेको दाबी गर्नुभयो ।
प्रधानमन्त्रीले विदेशी शक्तिको योजनाका आधारमा धर्मनिरपेक्षता हटाउने र हिन्दू राष्ट्र बनाउने योजनाअनुसार संसद विघटन गरेको ज्ञवालीको दावी छ ।
प्रतिक्रिया