राजनीति
सभामुख र सांसद अराजक भएकाले संसद विघटन गरिदिएँः प्रधानमन्त्री ओली (भिडियोसहित)
२०७७ पुष १७ गते १५:०६

१७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अराजक भएकाले संसद् विघटन गरेको दावी गर्नुभएको छ ।
सभामुख र सांसद अनुशासनहीन भएको तथा आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटन गरेको प्रधानमन्त्रीको आरोप छ ।
विदेशमा रहेका आफना कार्यकर्तालाई भर्चुअल सम्बोधन गर्दै ओलीले संसद र सभामुखप्रति आक्रोश व्यक्त गर्नुभयो ।
संसद्मा सरकारका निर्णय सभामुखले रोकेर राखेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो । नामै नलिई ओलीले एमसीसी अघि नबढाएकोमा सभामुखप्रति आक्रोश व्यक्त गर्नुभयो ।
आफूले विघटन गरेको संसद ब्यूँताउन पनि सभामुख सापकोटाले कीर्ते सनाखत गरेर अविश्वास प्रस्ताव दर्ताको समय फेरेको ओलीले आरोप लगाउनुभयो ।
मुलुकलाई अस्थिरताबाट बचाउन आफूले कदम चालेको प्रधानमन्त्री ओलीको दावी छ ।
प्रतिक्रिया