५११० जनामा परीक्षण गर्दा ५११ जनामा कोरोना पुष्टि, थप ७ जनाको मृत्यु

१५ पुस २०७७ काठमाडौं । नेपालमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६००५९ पुगेको छ। नेपालमा आज सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको मन्त्रालयले जनाएको छ।
५ हजार १ सय १० जनाको पीसीआर परीक्षण गर्दा ५ सय ११ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । त्यस्तै कास्कीमा ५०, रुपन्देहीमा १९, चितवनमा १६ र पाल्पामा १० जनामा संक्रमण देखिएको छ ।
कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४७ पुगेको छ ।
नेपालमा थप ६०० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५१९१२ पुगेको छ ।
हालसम्म क्वारेन्टिनमा ३६२ जना छन् भने ६ हजार तीन सयजना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया