सुदूरपश्चिम र बाग्मती प्रदेशमा मन्त्री र नेता बर्खास्त
१५ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै जाँदा यसको असर प्रदेश तहमा पनि उत्तिकै देखिन थालेको छ ।
मुख्यमन्त्रीले मन्त्रीहरुलाई बर्खास्त गर्ने तथा सांसदहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने क्रम चलिरहेको छ । यसै क्रममा हिजो सुदरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गर्नुभएको छ । तर मन्त्री बोहराले भने आफूलाई कुनै जानकारी नगराई पदबाट हटाएको गूनासो गर्नुभएको छ ।
यस्तै बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलको उपनेता शालिकराम जमकरट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गर्नुभएको छ ।
प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उहाँहरुलाई हटाउनु भएको नेकपाका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिनुभयो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहका हुनुहुन्छ भने जमरकट्टेल र माझी प्रचण्ड नेपाल समूहमा रहनुभएको छ । नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ ।
प्रतिक्रिया